‘अन्योल’ –दिपक राज बन्जाडे



नेपालको राजधानी काठमाण्डौ, जहाँ मानिस हतारमा थिए । एकले अर्काको मतलब राख्दैनथे । कसलाई आफ्नो भन्ने, कसलाई बिरानो भन्ने छुट्याउन गाह्रो भई रहेको थियो । माग्नेहरु सडक छेउ छेउमा बसिहरेका थिए । कसैका खुट्टा बिग्रिएका । कसैका आँखा त प्रत्येक का कुनै न कुनै रुपमा अपाङ्ग थिए । बाटो हिड्ने बटुवाहरुले १–२ रुपैयाँ तिनैका अगाडी खसलिदिँदै हिडिरहेका थिए । १–२ रुपैयाँको ड्याक भुईमा खस्दा बजेको आवाज कानले थाहा पाउन सक्थ्यो । म पनि भर्खर भर्खर दोश्रो पल्ट काठमाण्डौ छिरेको । धेरै कुरा त केही थाहा थिएन । म अचम्ममा परिरहेको थिए । सायद सुरु सुरुमा काठमाण्डौ भित्रने जो कोहिलाई पनि यस्तै हुन्छ होला । कुन ठाँउ कहाँ छ र कुन दिसा कता तर्फ पर्छ त्यती मेसो पाएको थिएन ।
एक बिहान करिब ८ बजेतिर यसो घुम्न भनेर मर्निङ्ग वाल्कको रुपमा निस्किए । म सुन्धारा होटलमा बसेको थिँए । त्यसैले त्यहाँ बाट बाहिर निस्किन साथ धरहरा, अनि बाटो काटेपछि रत्नपार्क निस्किएँ । रत्नपार्क को किनारा किनारा हुँदै हिडिरहेको थिँए । अलि तल पुग्दा नेपाली सेनाहरु घोडमा चडी यता उता गरिरहेका थिए । सोँचे सैनिक तालिम होला । राष्ट्रियता झल्कने खालको राष्ट्रिय गान ठुलो–ठुलो आवाजमा बजिरहेको थियो । त्यसै मध्ये एउटालाई सोधें ।
“दाई यहाँ के हुँदै छ ?”
“नेपाली सेनाहरुको घोडा दौड ।” उसले सटिक जवाफ दियो ।
“यो ठाउँको नाम के नि ?”
“सैनिक मन्च” उसले सहजै जवाफ फर्कायो ।
त्यस ठाँउको दृष्य अवलोकन पछि विस्तारै अघि बढ्दै थिएँ । सैनिक मन्चको पछाडी खुला मन्च रैछ । खै ! त्यो अगाडी पट्टी हो या पछाडी मैले जे बुझेँ त्यो पछाडी नै हो । त्यहाँ पनि खै कुनै कार्यक्रमको आयोजना हुँदै थियो सायद । मन्च सिंगारिएको थियो । विभिन्न ध्वजा पतकाहरु गाँसिएको थियो । म अनेक दृष्यहरु नियाल्दै बिहानको चिसो–चिसो मौसममा अनेक दृष्यहरु हेरिरहेको थिएँ । अचम्म मान्दै ।
सायद म काठमाण्डौको लागि नयाँ मान्छे थिएँ । यसै क्रममा खुल्ला मञ्चको ठिक छेवैमा दौडिरहेको मेरो नजर एक केटीको छेउँमा पुगेर रोकियो । कतै देखे जस्तो लाग्यो । सम्झन गाह्रो भईसकेको थियो । उ एक तमास आफ्नो मोवाईल फोन हेरी रहेकी थिई । निकै बेर पछि याद गरि हेरँे । स्कुल पढदाको साथी दिब्या जस्तो लाग्यो । तर दिब्या नै हो वा होईन यो कुराको टुङ्गो लगाउन उसलाई नसोधी सम्भबनै थिएन । हुनत राजधानीमा अनेक उस्तै उस्तै लाग्ने अनुहार पनि त हुन सक्छन । भो, जो भए होस नसोधौँ, त्यसै त उ आफ्नै तालमा मोवाईलमा हेरी रहेकी छे । “फेसबुक चलाएकी होली” । यस्तै लाग्यो । हुन त आजभोली त्यही त भनिन्छ । फेसबुकको बिगबिगी न छ । बच्चा देखी बुढा सम्म फेसबुक क्रेजि भएका छन ।
म उसको नजिकै गए । एकैछिन उसैलाई हेरी उभिए । यो उसले चाल पाई सकेकि थिईन । अझै पनि उसलाई बोलाउँ वा नबोलाई आफ्नो बाटो लागाँै दोधारमा थियो मन । तर पनि बोलाई छाडे
“दिब्या”
“हजुर” सटिक जवाफमा, झसङ्ग हुँदै उत्तर फर्कउँदै म तिर हेरी ।
उसलाई पनि खै ठम्याउन गह्रो भयो । कहिल्यै नदेखेको ब्यक्ती जस्तो अचम्म मानेर हेरी रही
र केहि छिनमै पत्ता लाई हाली ।
“अरे दिपक ! तिमी पनि यतै छाँै ? ”
“होइन ६–७ दिनको लागि, सानो काम थियो त्यसैले आएको ।”
“होर..!” यति भन्नासाथ हो रैछ उ सँगै पढेको साथी रहिछ ।
कक्षा ३ देखि कक्षा नौ सम्म एउटै कक्षमा हल्ला गर्दै, रमाईलो गर्दै पढेकी साथी ।
काठमाण्डौमा चिनेको र जानेको साथी भने काठमाण्डौ बस्दाको चौथो दिन मात्र भेटेँ त्यो पनि धेरै पुरानो साथीलाई । हुन त अरु साथीहरु पनि त्यतै छन । तर कहाँ छन् के मा ब्यस्त छन । अंहँ खोजी साध्य छैन ।
उ मलाई देख्नासाथ मोवाईलमा केही लुकाउन खोजे जस्तो गर्थी ।
“के हो त्यो ? के छ हो मोवाईलमा अघिनै देखि हेरी राखेकी छौँ ।” जिस्काउदै भने ।
“हैन–हैन, केही छैन” अझ सचेत बन्न खोज्दै थिई,
“केही त पक्कै छ, फेसबुक चलाउँदै थियौ ?”
“होईन ”
हो भनेको भए पनि त फेसबुकको बारेमा मलाई किन धेरै कुरा गर्नु पथ्यो र ? आखिर सबैले त चलाउँछन् । हतार हतारमा उसले कुरा लुकाउने मौका पाईन । फेसबुक होइन भनी सकेकोी थिई थिई त्यसैले त मलाई उसको बारेमा झन जान्न चासो लाग्यो ।
उसँग मोवाईल मागे ।
“दिब्या खै मोवाईल देउत, हेराँै के रैछ त्यस्तो”
“केही कोईन के त्यस्तो स्पेसल”
“त्यही पनि”
“भो–भो, नहेराँै” यस्तै भन्दै थिई

मलाई भने उसको मोवाईलमा के छ भन्ने कौतुहुलता अझै बाँकी रहेको थियो । स्कुलमा पनि कसैले केही नयाँ चिज हेरोस न मात्र । मलाई मागेर भन्दा खोसेर हेर्न मज्जा लाग्थ्यो । चाहे कुनै पनि कापिको खाली पानानै किन नहोस । यो कुरा उसलाई थाहा थियो । त्यसैले त कयाँै पल्ट स्कुलमा मलाई झुक्याउँथी उ र उ सँगका साथी मिलेर । अचम्म मान्दै खाली पातानै हेरेजसो गरेमा मेरो बानी खोसेरै हेर्ने । हेर्दा त खाली कागजको पाना मात्र । यस्तो क्रियाकलाप देखेर उनिहरु हाँस्थे कक्षा कोठा नै थर्कने गरी हास्थे ।
आज पनि उही स्कुले जिवनको झल्को आईदियो । आखिर त्यो समयमा पनि म कुनै कुरा खोस्न सफल हुँन्थे आज पनि भए ।
“तिमि अझै चेन्ज भएको छैनौ है ?” प्रश्न गरे जसरी सोधी ।
“चेन्ज हुन त खोजि राख्या थें, तर फेरि तिमिले सम्झाईदियौँ ।”
दुवै जना हाँस्यौँ…..।

यसो हेरेको उसको मोवाईलमा खै मैले नचिनेको मान्छेको तस्विर रहेछ ।
“के हो यो ? लौ–लौ साथीको प्रगती देखेर खुसि लाग्यो है, मान्छे चाँही ह्यान्सम नै रैछ । ” ठट्यौली पारामा मैले भनेँ ।
“ह्या त्यस्तो केही पनि होईन के” प्राए केटिहरुले फर्काउने जवाफ यही त हो । चाहे ठूलै कुरा भएपनि भन्न मन नलागेको कुरा त्यसो कोही होईन के भनेर उम्किन खोज्छन ।
“कोहि त पक्कै हो । ” उ भन्दा बढी जान्ने हुन खोज्दै थिएँ ।
“होईन–होईन, त्यस्तो केही होईन एक साथी मात्र । ”
“बस साथी मात्र”, हाँसो उठ्यो “कस्तो किसिमको साथी” फेरी प्रश्न जोडेँ ।
“जस्ट साथी, तिमि जसरी बुझ ।”

राजधानी यहाँ हरेक दिन माया प्रेममा पनि बिनिमय चलिहरेको हुन्छ । मायाँ लाउने र छाड्ने परम्परागत चलन हो झै लाउँछ । यस्तो ठाउँमा पनि कोही होइन साथी मात्र हो । भन्दै उस्कै तस्विर घरि घरि हेर्नुको अर्थ चाँही पक्कै केहि थियो होला । जान्न मन लाग्यो ।
दिब्या मनको सफा दिई । मनका सम्पूर्ण कुराहरु साट्ने गर्थी । केही बेरको नाई नास्ति पछि । मैले भने बमोजिम उ त्यो मोवाईलको तस्विरको बारेमा बताउन राजी भई । मलाई भने चियाको तल्–तल् लागि सकेको थियो ।
“दिब्या.. यता कतै चिया पिउने ठाउँ छैन ।”
“छ नि यतै नजिकै छ ”
“हिड न चिया पिउन जाउँ ।”
“हुन्छ हिड, मलाई पनि चिया पिउन मन लागेको थियो । ”
यसरी चिया पिउन जाने सल्लाह भयो ।

अनि हामि नजिकैको चिया पसलमा लाग्यौँ ।
“अनि पढाई कहाँ पुग्यो दिब्या ?”
“ब्याच्लर् सक्किनै लाग्यो । अनि तिम्रो ?”
“म दुई वर्ष यत्तिकै बसें । अहिले बल्ल पढ्दै छु । ”
“कहाँ ।”
“उतै घर तिरै । ”
यस्तै कुराकानी सँगै चिया पसल पनि आई पुग्यो ।

दिब्याले चिया अर्डर गरी
“दाई दुईवटा चिया पिउँ न । ”
“मिल्क टि, कि लेमन टि ? ”
“मिल्क टि लिनुहोस, चिनि अलि कम है ।”
बस्दा बस्दै फेरी पनि खल्ति बाट मोवाईल झिकेर हेर्न भ्याई सकेकि थिइ । यस बेला चाँही मोवाईल झट्टै खोजीमै राखी । खै अलि सचेत बन्न खोजेकी हो या अन्य कुनै कारण । जुन प्रसंगमा मोवाईल हेरेको भएपनि मलाई स्वभाविक रुपमा लागि रहेको थियो । फेरी झल्को आए जस्तो छ ।
एकैछिनमा चिया आयो ।
वेटर भाईले दुई कप चिया टेवलमा राखिदिए ।
चियाको चुस्कि सँगै सुरु भए ति कुराहरु । जुन भर्खर सम्म मोवाईलमा कौतुहुलतामा जुर्मुराईरहेका थिए ।
***

दिब्या ः
यो तस्विर मेरो साथीको हो । साथी भन्दा अरु कुनै पनि सम्वन्ध थपिएको छैन हामिमा । तर आज सम्म यत्ती बसन्तहरु पार गरियो । अनेक स्थानहरुमा घुमियो । पढियो तर खै अरु साथी हरुको तुलनामा यी साथी अति नै पृथक किसिमको साथी बन्न सफल भए । मेरो लागि उनी साथी मात्र नभई एक असल ब्यक्ति पनि हुन ।
धेरै पहिले कुनै कामको सिलसिलामा भेट भएको थियो सो समय सम्म सायद उसलाई देखेकी पनि थिईन । या त देखेकी भए पनि ख्याल नै गरेकी थिइन । हुन त “दैनिक रुपमा कत्ति हो कति नयाँ अनुहार हरु देखिन्छन, भेटिन्छन र छुट्छन् । सब्बैको ख्याल गर्न त कहाँ सकिन्छ र होईन ?” । सो दिन उनी एक दमै सुन्दर त थिए नै । हल्का चकचके क्रियाकलाप पनि हावि थियो उनमा । उनका साथीहरु पनि सँगै थिए तर साथीहरुको क्रियाकलाप भन्दा अलि भिन्न ।
केटी मान्छे भएको भए जसलाई चञ्चले भन्ने उपमा दिइन्थ्यो होला ।

केटा साथी न परे त्यसैले उसलाई चञ्चले नै भन्न मिल्ने हो या चकचके भन्न पर्ने हो । थाहा छैन तर मैले चकचके भनेर बुँझे यत्ति थाहा छ । उनको काम पनि सकियो । केही समय पछि । खै उनले के मा जागिर खाएको रैछन् । यही थाहा पाएर मलाई खुसीको आभाष भएको थियो ।
हुन त एक अपरिचित ब्यक्तिले जागिर खाओस कि जे खाओस कुनै वास्ता नगरेको भए के नै फरक पथ्र्यो र । तर मन मानेन अनि कसै मार्फत उसको मोवाईलमा कंग्रयाचुलेसन भनि म्यासजे गरेकी थिए । त्यती बेला सम्म कतै बाटो मा देखे पनि म चिन्दैनथें होला । र उनले पनि
उनले म्यासेजको रिप्लाई मा “हु आर यु ? ” लेखेका थिए ।

अनि प्रतिउत्तर मा “मिल्ने भए बायो डाटा नै पेस गर्थें तर । मलाई सबैले दिब्या भनेर चिन्छन ।” यत्ति लेखेकी थिए ।
धेरै समय पछि साथीहरु सँग खाजा खाने क्रममा म एउटा होटलमा थियाँै । चाउमिन खाँदै थियौँ । सोहि क्रममा नयाँ नम्वरबाट फोन आयो । बोली राम्रै छ । कतै सुनेको आवाज हो तर अडकल लगाउन सकिन । उनले मलाई के भन्दै थिए । सायद प्रसंग भन्दा बाहिर नै थियो । र सोधे ।
“दिपा होईन र ? ”
मेरो जवाफ “म दिपा होइन दिब्या हो । ”
उनी हाँस्दै “ए मैले त दिपालाई फोन लगाको झुक्एिर तपाईलाई गएछ । सरि ल.. ”
मैले अझै चिन्न सकेको थिएन । अनि भने
“तपाई को हो नी ?”
“मैले तपाईलाई चिनि सके, भो अहिले राख्छु ।” जवाफमा

यत्ति जवाफ सँगै फोट काटियो । तर मलाई भने यता खुल्दुली लाग्यो । को होला, मैले नचिनेको मान्छे । तर मलाई चिन्दो रैछ । मोवाइलको कतै डायल नम्वर, मिस्ड कल र म्यासेज सबै चेक गरे उनको नंवर सँग सम्वन्धित कुनै सवुत हरु फेला पर्छन कि भनी तर म सँगको म्यासेजमा धेरै पहिले भएको वार्तालाप त डिलिट भई सकेको रैछ ।
पहिला त पत्ता लगाउन नै गाह्रो भयो ।
पछि मैले कल ब्याक गरेर उहाँको परिचय मागें अनि मात्र थाहा भो उहाँ प्रकाश पो हुनुदो रहेछ ।
सोहि दिन पछि मात्र उहाँको मोवाईल नम्वर मेरो मोवाईलमा सेभ गरेर राखेकी थिएँ ।
मलाई यो कुरामा बिस्वस्त थिए कि । सायद कुनै बाटो घाटोमा देखे पनि राम्रो सँग चिन्न सक्दिन थें । एक दिन पनि यस्तै भयो । कतै जाने क्रममा उहाँ पारी बाटै चिनेर मुस्कुराउनु भयो । म पनि मुस्कानको जवाफ मुस्कान मै फर्काए । तर कसको जवाफ कसलाई फर्काए त्यो भने अनविज्ञ नै रहन बाध्य भए । भने नी मेरो हल्का बिर्षने बानी छ भनेर । अनि सोँच्दा सोँच्दा धेरै बेरपछी बल्ल थाहा भयो ।
अनि एक किमिको पछुतो पनि लाग्यो ।
बोलचाल गरिन, सन्चो बिसन्चो पनि सोधिन,
एकपटक बोलेको भए हुन्थ्यो ।
हुन त उहाँले बोलाउनुभएको भए पनि फरक त पर्दैनथ्यो ।
खै, अन्योलमा रहें त्यो दिन पनि ।
उहाँको मोवाईल नम्वर मोवाईलमा सेभ थियो । तर फोन गर्ने हिम्मत नै आएन । समय बित्दै गयो । बिस्तारै हामी एक अर्कालाई देखेमा चिन्ने भई सकेको थियाँै । उहाँले त पहिले देखिनै चिन्नु हुन्थ्यो सायद । म पनि उहाँलाई देख्ना साथ चिन्न थालि सकेको थिएँ । दिन प्रतिदिन फोन म्यासेज ले गर्दा हामी अझ नजिक भएका थियाँै । एक असल मित्र । असल मित्रताको नाता भन्दा बढी म कहिले पनि सोच्ने प्रयास पनि गरीन । सायद उहाँले पनि गर्नु भएन होला । यदि सोच्नु भएको भए पनि प्रकट गर्नुभएन । म ती कुराहरुमा सधै अन्योलमै रहेँ ।
केहि दिन पछि म कलेज जान थालेँ र उहाँ पनि कलेज जानुदो रहेछ ।
हामिले पढने कलेज एउटै रहेछ । त्यो उहीँ गए पछि मात्र थाहा भो । आर आर कलेज, काठमडौमा राम्रै चर्चा रहेछ । प्रदर्शनी मार्गको ठिक अगिल्तीर । गेटमै भेट भो सुरुकै दिन ।
“सञ्चै हुनुहुन्छ ?”
“अऽऽ ठिक छु, अनि तपाई नि ?”
“म पनि ठिकै छु ।”

खै मलाई यहाँ भन्दा धेरै कुरा गर्न नै आएन वा जानिन । त्यो दिनको कुराकानी यत्ति कुरामै सिमित रह्यो ।
कुराकानी त्यतीमै सिमित रहे पनि, त्यो दिनको अध्ययन नै भङ्ग भई सकेको थियो । शरिर आफ्नो क्लास मा । सर को ठिक अघि साथीहरुको बिचमा तर ध्यान भने अन्त कतै । बाहुनले पाठ गर्दा संस्कृत मन्त्र के बुझिन्छ र ? सर अगाडी त्यस्तै गरी फतफताई रहनु भएको थियो । घाटी दुखिन्जेल पढाई रहनु भएको थियो । तर त्यही सरको अगाडी नजर सर तिरै राखेर खुबै ध्यान गरे जस्तो गरीरहेको म । ध्यान भने केहि बेर अघि भेट भएको साथीको पछि लागेर अर्कै क्लासमा उसैको छेउमा पो गएर बसेछ ।

मेरो एउटै क्लासमा पढने अर्काे साथी थिए प्रबिन र सागर क्लासको सप्पै भन्दा मिल्ने साथी । दिनहरु अझ रमाईलो बन्दै गए । क्षण क्षणमा रमाईलो मा रमाईलो हूँदै गयो । क्याम्पस त अध्ययन हाँसिल गर्ने थलो भन्दा पनि रमाईलो थलो बन्दै गयो । हामि सिमित ब्यक्तिहरुको लागि ।

एक दिन क्यान्टीनमा खाजा खाने क्रममा म, प्रविन, सागर, र प्रकाश सँगै थियाँै । रमाईलोमा रमाईलो बन्दै थियो । त्यो पल पनि । खाजा खानको लागि हामि ‘ल’ (कानुन)को क्याान्टिनमा जान्थाँै । ‘ल’ को विद्यार्थी भने पछि खाजामा डिस्काउण्ट हुन्थ्यो । आर–आर को क्यान्टिनमा भन्दा खाजा अलि मिठो जस्तै लाग्यो । खाजा खान त धेरै विद्यार्थीहरु ओइरो लागेका थिए । धेरै थिए तर ति धेरैको समुहमा हामी चार जना एक अर्कामा ठट्टा र जोक हरु गरि रहेका थियौँ । प्रकाशले खै ! के काम छ भनेर क्लास हापेर हिडन लागेको रहेछन् ।
“दिब्यालाई नसोधी जान्छाँै ।” जाने बेलामा सागरले मजाक गर्दै भने ।
“जान्छु है दिब्या ।” उनले अलिकति मुस्कान सहितको हाँसो निकाल्दै भने ।
“हुन्छ” मैले हुन्छ जानुहोस भने जसरी टाउको हल्लाएँ ।
अनि त सागर र प्रविन मिलेर मलाई गिज्याउन सम्म गिज्याए । क्यान्टिनमा हाँसोको पहरा छुट्यो । अरु साथी हरु हाम्रो हाँसोको प्रसङ्ग सोध्न चाहान्थे । त्यसको वास्ता नगरी हाँस्दै–हाँस्दै हामी बाहिर निस्कियाँैँ ।
एकैछिन त उनिहरुलाई सान्त पार्न धौ–धौ नै परेको थियो ।
खै गिज्याउन को कारण पनि त्यति धेरै भए जस्तो चै लाग्दैनथ्यो ।
विद्यार्थी जीवन न थियो । साना–साना कुराहरुमा पनि ठुलै कुरो बनाएर एक अर्कालाई कुनै समय अरुलाई गिज्याउनेहरुको सहभागीता मा म पनि थिए होला । त्यस दिन मेरो पालो रहेछ ।
एकै छिनमा हामी आफ्नो कक्षा तिर लाग्यौँ ।

प्रबिन र म सधै सँगै–सँगै कलेज जान्थ्यौँ । र सँगै फर्कन्थ्यौँ । पिरियड हाप्ने देखि कलेज जाने साथी उनै प्रविन थिए । हामी कलेजमा ट्वाईलेज जाँदाको समय भन्दा अरु समयमा सँगै हुन्थ्यौँ । कहिलेकाँही सरले अगाडी पाढाउँदा हामी भने कापिको पानामा प्रश्न उत्तर लेखेर साटा साट गर्ने गथँैँ । उसले सोधेको प्रश्न कापि अगाडी तेर्साउँदा मैले त्यहीप्रश्न मुनि उत्तर लेखेर दिन्थे । यो क्रियाकलाप सरलाई थाहा हुन्थ्यो वा हुँदैनथ्यो । हामिलाई त्यस कुराको मतलव नै थिएन । आखिर सर थाहा पाए पनि नपाए जस्तो गर्नुहुन्थ्यो होला । सरले चाल नपाए पनि साथीहरु भने मुसु–मुसु हासेकै हुन्थे । खाजा खादा, कल्सामा पढदा, यता उता घुम्दा सँगै भएको कारणले होला कलेजका अरु साथीहरु आँखा तानि–तानि हेर्ने गर्दथे । सोच्नेले त मन मनै “चखेवाको जस्तो जोडी” पनि सोँचेको होलान । यो क्रियाकलापले मलाई त कसैले केहि भनेन तर प्रविनलाई कसैले केही भन्यो या भनेन । त्यो भने म कहिल्लै सोधिन । प्रविन लाई पनि र अरु साथीहरुलाई पनि ।

धेरै पछि थाहा पाएको । कतै कतै साथीहरुले हाम्रो आवत जावत देखेर । र हाम्रो व्यवहार र मित्रता देखेर हामीलाई प्रेम जोडीको रुपमा हेर्दा रहेछन् । सो कुरा कलेज जान छाडेपछि मात्र थाहा पाएको । हुनत सोच्न पनि किन नसोचुन् ? हर समय उनीहरुको आँखा अगाडी हामी सँगै जो फेला पथ्यौँ ।

समय समयमा प्रकाश र म दुवै जनाले कहिले म्यासेज त कहिले फोन गर्ने गथ्र्यौ, खै एक अर्काले २–४ दिन दिन भेट नभए पनि फोन तथा म्यासेज गरि हाल्न मन लाग्थ्यो ।
दिनहु जसो म्यासेजमा हुने कुरा त्यही त हुन
“के छ ? सञ्चै, अनि के मा बिजिहो ? अनि स्टडी कस्तो चलि रहेको छ ।”
“ठिकै छ अनि तपाईको ? स्टडी पनि के ठिकै छ । ”
“स्टडी त राम्रो हुनु प¥यो नी !” खुबै आफु पढन्दास भए जस्तो । यस्तो जवाफ फर्काउन मन लाग्ने । आफु कति नपडे पनि । हरेक फोनमा स्टडीको प्रसङ्ग जोडेकै हुँन्थे । आफु पढनमा सारै अल्क्षी भए पनि उहाँले राम्रो पढेर प्रगती भएको हेर्न चाहाने म पनि एक थिएँ ।

उनि घरमा हुँदा भन्दा बाहिर कतै गएका समयमा मलाई सम्झन्थे । यो मैले बिचार गरेको कुरा । कतै गएका छन भने हिजोको दिन जस्तै सम्भब भए सम्म म यस्तो ठाउँमा छु नि भनेर भनेर फोन गर्छन । उनको यो बानी मलाई असाध्यै मन पर्छ । फोनमा सधै सन्चो बिसन्चो, लगाएतका औपचारिक कुराहरु मात्रै सिमित हुन्थे ।

अझ कहिले काँही त सम्योग बस उनकै याद गरेकै समयमा उनकै फोन आउँथ्यो । यस्तो कैयाँै पल्ट भएको थियो । धड्कन नै एउटै भए जस्तो । कस्तो ठ्याक्कै दुवै जनाले एकै समयमा नै याद गर्न परेको होला जस्तो लाग्थ्यो । हिन्दीमा “नाम लियो सैतान हाजिर” भन्ने उखान हावी छ तर यहाँ सैतान हैन भगवान हाजिर भएको आभास हुन्थ्यो । अनि अर्कै किसिमको खुसी लाग्थ्यो । जुन म ब्यक्त गर्न पनि सक्तिन ।

कुनै दिन मैले उनलाई फोन गर्दा उठेको थिएन । खै के कामले फोन गरेकी थिए कुन्नी तर करिब २०–२२ पटक ट्राई गरेकी हुँला । फोन उठेको थिएन । सायद मसँग उनको कुनै प्रसँगमा रिष उठको होला भनेर यो कुरा मैले कहिले सोधिन र उनि जान्ने प्रयास पनि गरेनन् । यो कुरा आफै बिलिन भयो । आफै हराएर गयो ।

उता कलेजमा एकले अर्कालाई गिज्याउने र रमाईलो गर्ने क्रम चलिरहेको थियो । एकले अर्काको नाम जोडेर बोलाउने । हाउभाउ र ईसाराले अनेक कुराहरु बाट छड्के हान्ने काम दिन प्रतिदिन तिब्र रुपमा चलिरहेको थियो ।
दिन दिनै कजेल जाने अनि हाँसो मजाक गर्ने, कलेजका दिनहरुमा अध्ययन भन्दा पनि ज्यादै रमाईलो हुने गर्दथ्यो । पछि पछि त सागर लगाएत उसको साथी अनि प्रविन पनि प्रकाश लाई देख्ना साथ, छड्के पाराले जिस्काउन थाले, यसबाट प्रकाश लाई के कति असर प¥यो यो कुरा भने म अन्योल मै रहेँ ।
यता पनि प्रविन र सागर मिलेर प्रकाश लाई देख्ना साथ साह्रै नै गिज्याउथे ।
कत्ति न बर्षै देखि लभ नै प¥या जस्तो । कत्ति न एउटाको अनुहारमा अर्काको छाँया परेजस्तो । कत्त न बिहान देखि साँझ सम्म कति बेलै नछुट्टिई हिडे जस्तो ।

एक दिन त झन कलेज जाने क्रममा सँगै भयौँ, यसको फाईदा सागरलाई भयो । जिस्काउने बाहाना त भयो । कमसे–कम ।
अनेक समयमा केही न केही बाहाना बनाएर जिस्काउने बानीलाई, त्यो दिन हामी सँगै सँगै जाँदा । सागरलाई त बाँदरलाई लिस्नो पो भयो । त्यस पछि हामी कहिलै सँगे कलेज गएनौ । उनि अघि भए म पछि । उनि पछि भएमा पाईलाहरुको चाल बढाउँदै म अघिनै हुन्थें । यो कुराको बिचार त प्रकाश गरे वा गरेनन् थाहा भएन । तर पनि खाने मुखलाई जुँगाले छेक्दैन भन्दाको चाल जिस्काउन भने छाडेनन् । साथीहरु ।
यी यावद कुराहरुलाई म कहिले पनि सिरियस रुपमा लिएर हेरीन । र प्रकाशको मनमा के थियो र के छ भन्ने जान्ने प्रयास पनि गरिन । के थाहा भित्र भित्रै प्रकाश मलाई मन पराउँथे कि । अहँ यस्ता सोँचाई उब्जनु भन्दा पहिले नै मनबाटै लखेटि दिन्थेँ ।
बरु उनीहरु रमाइलो मानेकै त छन् जिस्काउदैमा मरिदैन क्यारे भनेर अलिकति पनि हैरानी भएन ।
बरु जिस्काईरहन दिएँ । उनिहरुले जिस्काउदा बरु त्यो स्थान नै छाडेर अन्त कतै गई दिन्थे ।
यो जिस्कने जिस्काउने खेलमा चै । साथी हरु अलि गहिराईमै पुगे की जस्तो लाग्यो ।
क्याम्पसको विद्यार्थी जीवनले पनि उनिहरुलाई अति धेरै नै साथ दिईरहेको थियो । जुन समयमा अलि सिरियस बन्यो उसको अगाडी सिरियस भएको हेर न भन्छन । अलि उ भन्दा फरक दिसामा हेरेर हिड्यो हेर न हामिले चाल पाउँछम भनेर उता फर्केर हिडेको भन्छन । उसै तिर हे¥यो कि त हेर न उसैलाई हेर्दै छे भन्छन, अलि बडी रमाईलो गर्यो उसैको लागि, नगर्यो उसैको लागि । हैरनी नै हुँदो रहेछ ।

कुनै कुरा राम्रो गरे पनि, नराम्रो गरेपनि । केही गरे पनि, र केही नगरे पनि उसैको लागि गरिदिए जस्तो । यो जीवन मेरो नभएर उसैेको लािग जस्तो बनाई रहेका थिए । कति बेला चाँही म पनि मनमा नचाँहादा नचाँहदै यत्ति कुरा सोच्न भ्याई सकेकी थिए । कतै उनले मलाई मन पराएर त होइन । जिस्काउदा पनि त्यती वास्ता गर्दैनन्, कतै उनले पो मन पराउँछन कि जस्तो पनि लाग्थ्यो । फेरी लाग्यो होईन होला । मन पराएको भए त भनि हाल्थे नि । ब्याच्लर पढ्ने साथी । अनि फेरी सोँच्थे । ह्या यो त उनिहरुले रमाईलोमा रमाईलो पो थप्या । “त्यस्ता २–४ जनाले जिस्क्याएर नाम जोडे भन्दैमा चाँही लभ नै हुँदँैन है । ” मनले मनलाई नै भनेको कुरा । तर यथार्थ उनले मलाई साच्चै नै मन पराएका हुन वा एक असल मित्र सम्झन्छन । न उनले कुनै दिन भने न त मैले सोध्ने प्रयास नै गरे । यो कुरा बिचमै रहि रह्यो ।

हामि एक अर्कालाई नजिकै बाट पहिल्याई सकेका थियौँ । झन आगोमा घिउ थप्नमा सागर र प्रविन उनिहरु दिन प्रतिदिन जिस्काउने कार्य गर्थे । यस्तो समयमा पनि हामी एक अर्कालाई सम्हाली । प्रेम प्रसङ्गमा भने गएनौ । एक असल मित्रभाव मात्र झल्कि रह्यो । या त कुनै तर्फबाट प्रेम प्रसँग को सुरुवात गर्ने तरिका नै थाहा नभएर हो । या त नचाहेर नै । प्रेम सम्वन्धी कुराहरु न मैले नै भने । न उनले नै सुरु गरे । यता मेरो नजर जाँदै गएन । बरु अझ घनिष्ठ बन्दै गयाँै । एक अर्काेको मोवाईलमा म्यासेज गर्दा छिटो रिप्लाइ नआएमा सायद पैसा पो थिएन कि भनि एक अर्काको मोवाईलमा ब्यालेन्स ट्रान्सफर गरिदिने बानी थियो हाम्रो । तर यो बानी कहिले सम्म रह्यो । यसको यकिन तथ्य अहिले बिर्षि सकेकी रहेछु ।

एक दिन उनलाई सम्झने क्रममा उनलाई फोन गरेको समयमा फोन उठेन वा नियत बस मैले नै मिककल गरेकी थिँए । यो कुरा उनको अरु साथीले थाहा पाएर छिटपुट रुपमा हल्ला भएको रहेछ । पछि मात्र थाहा पाएको । दिब्या र प्रकाश बिच भएको सम्वन्धको बारेमा अरु एक आध साथिले पनि चियो चर्चाे गर्ने । र हामिहरुको क्रियाकलापलाई ध्यान पुर्वक नियाल्न थालेका रहेछन् । कलेजमा धेरै पढन भनेर गएका विद्यर्थाीहरुमध्ये थिए कोही–कोही जो अध्ययन लाई भन्दा मलाई र प्रकाश लाई बढी ध्यान दिन्थे ।

साथीहरुको जिस्काउने शैलि दिन प्रतिदिन बढ्दो रुपमा थियो । यसै क्रममा मलाई पनि त्यती राम्रो लागि रहेको थिएन । र प्रकाश लाई के कस्तो लागेको थियो । यसको जवाफ म सँग थिएन । अनि सागर लगाएत उनका साथी र प्रविन लाई पनि हेर यसरी नजिस्काउ है । भोलि विहान केही अफ्टयारो प¥यो भने नराम्रो हुन्छ । यस्तै गरि उनिहरुलाई सयौँ पटक नजिस्काउन अनुरोध गरे ।

के को मान्थे । झन सुक्न लागेको घाउ कोट्याएर आलो बानाउनु जस्तो पो हुन्थ्यो । उनिहरुलाई नजिस्काउनको लागि मेरो मात्र अनुरोध त आगो लागेको जंगलमा एक लोटा पानी खन्याउनु जस्तो पो भयो । महिनौ भईसकेको थियो तर अहँ पटक्कै मानेनन र मैले प्रकाश लाई नै फोन गरेर अनुरोध गर्ने निर्णय गरे ।
साँझ को समय थियो । सायद कतै हिडिरहेको समय मा । खल्ति बाट मोवाईल झिकि उनको नंवर डायल गरें
टुरररऽऽ… टुरररऽऽ … टुरररऽऽ … ३ घण्टि पछि
“हेलो”
“के छ सन्चै ?”
“अऽ ठिकै छु । अनि तपाई ?”
“म पनि ठिकै छु । अनि खाना भयौ त ? घरमा सबैलाई सञ्चै छ ?”
“अऽ ठिकै छ, अनि त्यता”
“यता पनि ठिकै छ”
“सुन्नुस न ऽ”
“हजुर”
“त्यो के मैले सागर लाई जति भने पनि लागेन, तपाईले भनेर मान्छन कि उनलाई हामीलाई नजिस्काउन भन्नुस न । ”
“हेर्नुहोस ईज्जत भनेको सेतो कपडा हो, जसमा हल्का पनि दाग लाग्यो भने मेटिन गाह्रो हुन्छ ।” केही आर्दशका कुराहरु जस्तै गरी केही भनेकी थिएँ ।
“भन्न त मैले पनि भनेको छु । मान्दै मान्दिनन….” प्रकाशले यत्ति भन्दै फोन राखे ।
खै मैले फोनमा यी कुराहरु गरेर ठिक गरे वा बेठिक मलाई पनि थाहा भएन । लाग्यो कतै उनको चित्त पो दुँखाए की । खै मैले मेरै खुट्टामा बन्चरो त हानिन ? यस्तै सोँचे र अलिकति नरमाईलो पनि लागिरहेको थियो । अनि हामी बिस्तारै पहिलाको तुलनामा अलि टाडियौँ । क्याम्पस पनि करिब करिब सकिनै लागेको थियो । म क्याम्पस जान छाडी सकेकी थिएँ । पहिला पहिला एक हप्तामा २ वा ३ पटक फोन वा म्यासेजमा कुराकानी हुने हाँमी अब त महिना मा १–२ पटक कुरा गर्ने भई सकेका थियाँै । अर्थात पहिलाको सम्वन्ध भन्दा अलिक टाडा भए झै लाग्यो ।
कहिलेकाँही फोन गर्थे, कहिलेकाही म म्यासेज गर्ने त्यही त हो । सन्चो बिसन्चो अनि घर परिवारको खबर यत्तिकैमा हाम्रा कुराहरु सिमति हुन्थे । तर एक ले अर्कालाई ब्यस्त मान्छेको संघा दिने हाम्रो थेगो नै थियो ।
समय हरु बिस्तारै बित्तै गए । जीवनमा अनेक परिवर्तन हुँदै गए । कति अफ्टयारा समयहरु र कालो रातहरु पनि बिच बिचमा पर्दै गए । जीवन कहिले फुल त कहिले काँडा भयो । कहिले सन्सारै उराठ लाग्ने त कहिले रमाईलो लाग्ने भयो । कहिले सोच्दै नसोचको कुरा भए । जीवनका सपनाहरु तहस नहस भए । तर हरेक पल पलमा अन्य साथीहरु जस्तै र अझ बढी प्रकाशको साथ भने मिलेको छ । चाहे फोन सम्पर्कमै किन नहोस, सहानुभुती देखि लिएर हरेक कुराहरु सेयर, खुसी साटासाट समेत ।
दुःख त खासै साट्दैनौँ हामी, न उनि आफ्नो दुःख म सँग पोख्छन न म मेरो दुःख उनि सँग नै बताउँछु । खै आफ्नो दुःख उनलाई बताउदा उनि दुःखी हुन्छन की जस्तो लागेर हरेक पल कुनै कुराहरु लुकाउन सफल हुन्छु । तर उन अलि स्मार्ट नै छन म बोलेको कुरामा झुट त पत्ता लगाउछन नै । तर पनि थाहा छ, भन्नै पर्छ भनेर एकैछिन जिद्धि गरेपनि बाद्द चाँही पार्दैनन् । बेला बेलामा आजको दिन सम्म पनि फोन सम्पर्क हुन्छ कहिले म्यासेज त कहिले फेसबुकमा भेट हुन्छ । असल साथीहरुको पनि साथी । साथी हरुको शिर्स स्थानमा रहेका छन् उनी । यस भन्दा धेरै सोँच्ने मेरो हैसियत पनि छैन । फोन, फेसबुक, म्यासेज र भेटघाटमा सकारात्मक रुपले उपस्थित हुन्छाँे हामि । स्वच्छ रुपले ।
कहिलेकाँही एकान्त महसुस हुँदा, सम्झने साथीहरु मध्ये मनले पहिला उनैलाई सम्झन्छ । उनैलाई हेर्न मन लाग्छ । उनलाई फोन गर्न वा म्यासेज गर्न मन लाग्छ तर । फोन र म्यासेज म अलि कमै गर्छु । मिस कल गर्ने चलनै छैन । त्यही यादहरुलाई यही मोवाईलमा कैद गरेर राखेकी छु । यी दुई तस्विर । यी पनि फेसकुब बाट तानेर राख्या हो । उनलाई त सायद थाहा छैन म सँग उनका तस्विर छन भन्ने पनि । दिनमा भुलेर पनि कम्तिमा १ पटक त उनलाई हेर्ने गर्छु । कुनै समयमा अफु कमजोर महसुस भएमा उनको तस्विर हेरी साथमा प्रकाश पनि त छन झै लाउछ । यीनी पनि त छन भनेर सोही तस्विर बाट हिम्मत निकाल्ने गर्छु । यो मेरो मुर्खता हो वा के मलाई थाहा छैन । हुन त मोवाईलको तस्विरले के पो साथ दिथ्यो र तै पनि आत्म विश्वास न थियो ।
मानिसको जीवन एक रङ्गमञ्च हो । रङ्गमञ्चमा अनेक पात्रहरु अदल बदल भई रहन्छन । हजारौँ आउँछन अनि जान्छन यी आँखामा । अरु जस्तै गरि प्रकाश आँखामा आए तर जान जानेनन् । बस उनी मेरो मोवाईलमा मात्र होइन । मनको कुनामा पनि बस्या छन् । उनलाई म सम्मान गर्दछु । आशा छ । यो मनबाट कहिल्लै बसाई नसरुन । मोवाईलमा त दुई तस्विर छन तर आँखामा लाखाँै तस्विर छन् । एक असल साथीको । एक तर्फि रुपमा मैले यहाँ भन्दा बडी सोँच्नु पनि मुर्खता हो ।
***
दिब्याले यी कुराहरु भनि रहँदा म एक तमास सुनिरहेको थिए । दिब्याको अनुहारमा यि यादहरु सँग अनुहारमा पनि भिन्नता देखिरहेको थियो । यी कुराहरु भनिरहँदा पनि करिब २–३ पटक मोवाई हेर्न भ्याई सकेकी थिई । सायद उसकै तस्विर हुन सक्छ । मेरो अनुमान् । जब उसको कुराहरु सुने यो एक मित्रभाव हो वा एक तर्फि प्रेम । पहिचान गर्न नै गाह्रो भएको थियो । यसरी बर्षौ पहिलेको साथी जुन स्कुलमा सँगै पढेको साथी । यतिका वर्ष पछि भेट भयो । एक तर्फ काठमाण्डौ जस्तो सहरमा चिनेको साथी भेट्दा हर्ष त भयो नै अर्काे तिर दिब्याको कुरा, मनको कुरा जान्ने मौका मिल्यो । साँच्चै एक सुवर्ण आवसर नै थियो । त्यो समय । जुन समय दिव्याले प्रकाशको तस्विर नहेरेको भए पनि यी सप्पै कुरा मैले किन पो सोध्थें ? र अनि उ ब्यर्थै किन पो बताउथी । आखिर सँयोग बस एक असल साथीले गर्ने ब्यवहार अनि असल नाताको पाठ सिक्ने अवसर मिलेता पनि दिब्याको प्रकाश सँगको सम्वन्ध लाई के परिचय दिउँ । एक तर्फि प्रेम भनौँ ? अँह भन्न मिल्दैन । साथी भन्दा माथी पुगेकै छैनन्, असल साथी भनौ भने आजकलको जमानामा असल साथी भन्ने हरुले गर्ने व्यवहार भन्दा धेरै माथी छ । दुवै तर्फको प्रेम त भन्न झन मिल्दै मिल्दैन । म यी सम्वन्धहरुमा आफै अन्योलमा रहेँ ।

Post a Comment

0 Comments