म सानो छँदा प्राय दशैंमा टिका लगाउँदा वा अन्य समयमा ठुला बडा र आफन्तजनले आसिर्वाद दिँदा भन्नु हुन्थ्यो, "ठुलो मान्छे हुनु, डक्टर, पाईलट, ईन्जिनिएर, मास्टर बन्नु । ज्ञानी हुनु । ठुलो जागिर खानु, फलानाको छोरो भनी नाम राख्नु अनि हामीलाई कहिल्यै नविर्षनु ।"
मलाई समयले पनि सप्पै कुरा पुरा गरायो तर थोरै थोरै मात्रमा । उहाँले ठुलो मान्छे हुनु भन्नु भयो, म आजकल १६५ सेन्टीमिटर अग्लो भई सकेको छु । उहाँले डाक्टर हुनु भन्नुभएको थियो, सामान्य रोगको घरायासी औसधी र प्राथमिक उपचार बारे सामान्य ज्ञान छ । उहाँले पाईलट हुन भन्नु भएको थियो । फलस्वरुप म आकासमा चङ्गा उडाएँ, आजकल मेरा सपनाहरु हावामा उडाउँछु । यस्तो हुन पाए, उस्तो हुन पाए भन्दै मनलाई कल्पनाको बादलका टुक्रा टुक्रा सम्म पु¥याउँछु । उहाँले ईन्जिनियर हुन भन्नु भएको थियो म ईन्जिनिएरको साटो "ईन्जिन-नियर' भएर काम गरेँ । भारतमा पट्टी बनाउने ईन्जीन देखि लिएर नेपालको पानी तान्ने मोटर सम्म रहेर काम गरेँ । साथ साथै सामान्य कम्प्युटर लाई ठोक ठाक पार्न सक्ने भए । अझ लेभल तह एक को ईलेक्ट्रीसिनय को तालिम पनि लिएको छु । उहाँले मास्टर बन्न पनि भन्नु भएको थियो म अर्घाखाँची जिल्लाको ईन्टेल कम्प्युटर, ईन्फोनेट कम्प्युटर, आई.टि. लिंक कम्प्युटरमा अलग अलग समयमा छिट पुट रुपमा मास्टरको भुमिका पनि निभाएँ । अनि रह्यो ठुलो जागिर खाने कुरा । हाल सम्म ईन्टेल कम्प्युटर, युगज्योती छापाखाना, ईन्फोनेट कम्प्युटर, जिल्ला निर्वाचन आयोग, उमेश छापाखाना, साथी बचत तथा ऋण सहकारीमा अलग अलग समयमा जागिर पनि खाँए र हाल भने भिजन एण्ड भ्यालु ओभरसिज सामाखुसीमा कार्यरत छु ।
समयले मलाई यसरी फनफनि घुमाईरहेको छ की । मेरा ठुला बडा, मान्यजन, शुभचिन्तको आशिर्वाद अनुसार हो वा मेरै भाग्य अनुसार । भाग्य पनि के भन्नु आफ्नो क्षमता वा कर्म अनुसार भनौ क्यारे । जे भए पनि थोरै-थोरै मात्रामा सप्पै कुरा पाई सकेँ, सबै कुरा बनिसकेँ तर उहाँहरुले भनेजति चै नहोला । सोँच्दा पनि रिङ्गटा लागे जस्तै हुन्छ । फन फनि घुमाउँछ ।
0 Comments