रचना –2 दिपक राज बन्जाडे

नसोध कहाँ कहाँ, दुखेको छ घाउ ।
को छ निको पार्ने, कसलाई बताउँ ?

ढलिरहेछन खम्बा, मेरो सिमानामा ।
अरे कोहि छौ कि कतै लौन बचाउ ।।

छिमेकबाटै बारम्बार, प्रहार भएको छ ।
कसले बुझिदिन्छ, मेरो हाउ भाउ ?

देशलाई खाँचो भो, दुई मध्ये एक ।
हिटलर आउ अथवा, बुद्ध नै आउ ।।

Post a Comment

0 Comments