रचना – 5 दिपक राज बन्जाडे

मन त चाहेजति फराकिलो भैदियो ।।
जिन्दगी पो सोँचेभन्दा ढिलो भैदियो ।

जीवनको मध्यान्तरमा आईसक्दा पनि ।
यो मन भने अझैसम्म कलिलो भैदियो ।।

जसलाई भुलेर म यहाँसम्म आएँ ।
उसैको यादले मन अमिलो भैदियो ।।

आज रुन त मेरो मन रोएको थियो ।
तर निर्दोष आँखा अोसिलो भैदियो ।।

प्रेमको परिभाषा कसले कसरी दिन्छ ?
आकाश हेरेर सागर निलो भैदियो ।।


हिजोसम्म जुवाडे र जड्याहा थियो छोरो ।
आज धन कमायो बडा गतिलो भैदियो ।।

© दिपक राज बन्जाडे


Post a Comment

0 Comments