कोरोनाबाट सुरक्षित रहन ध्यान दिनुपर्ने केही कुराहरू

  कोरोना संक्रमणले विश्वमा नै भयावह अवस्था सृजना भईरहँदा हामी र हाम्रो समाजमा देखिएको हाम्रो व्यवहार देख्दा मनमा लागेका केही मुख्य कुराहरु । अझ चाडबाड र मेलावर्वहरुमा देखिएका ग्रुप सेल्फी, लाईभ कार्यक्रम, भेटघाट समारोह, जस्तो कृयाकलापहरु देख्दा मौन रहन मनले मानेन । अरु त अरु सचेतना कार्यक्रम, उद्धार कार्यक्रम, कचहरी, छलफल कार्यक्रमहरुका तस्वीरहरु हेर्दा हामी हाम्रै कारणले सुरक्षित छैनौं भन्ने कुरा प्रस्ट हुन्छ । 

- कोरोनाले आफ्नो अर्काको भन्दैन, जो कोही बाट जो कोहीमा सर्न सक्छ । 

- कोरोनाको लक्षण ढिलो देखिने हुँदा संक्रमित व्यक्तिले लक्षण देखिनु पहिल्यै धेरैलाई सारिसकेको हुन सक्छ । 

- मास्क लगाउँदा मात्रै सुरक्षित भईने होइन, मास्क एउटा अाधार हो (संक्रमितले प्रयोग गरेका सामाग्री अथवा खानेकुराहरु) बाट पनि सजिलै सर्न सक्छ । त्यसैमाथी हामिले फोटो खिच्दा मास्क फुकाल्नै पर्ने र लगाए पनि नाक/मुख पुर्णरुपमा नछोपि लगाउने परिपाटी त झन खतरा छ । 

- सामाजिक कार्यहरु, सचेतना कार्यक्रम, कचहरी, छलफल कार्यक्रम, समारोह जस्ता कार्यक्रममा कुनै संक्रमित व्यक्तिले मास्क नलगाई माईकमा चिच्याई बोलेको छ र अर्को संक्रमण नभएको व्यक्ति उसैगरि माईक नजिक रही, मास्क नलगाई बोलेको छ भनेपनि सर्ने सम्भावना बढि रहन्छ । 

- कुनै व्यक्ति संक्रमित भएको थाहा पाउन साथ उक्त व्यक्ति पछिल्ला दिनमा कुन कुन ठाउँमा पुग्यो, कुन ठाउँबाट संक्रमित भयो अथवा को को सँग भेट सम्पर्क भयो सबै कुराको जानकारी लिनु/दिनु पर्दछ र  त्यो आसपासका सबैजना सेल्फ क्वारेन्टाइन जस्तै गरि सुरक्षित बस्नु पर्दछ र सम्भव भए यथासिघ्र कोरोना टेस्ट गर्नु पर्दछ । यो कुरा सम्बन्धित निकायले बुझि सार्वजनिक सूचनाबाट छिटोभन्दा छिटो जन मानिसमा पुर्याउनु पर्छ । 

- लकडाउन अथवा सटडाउन भनेको गाडीमा आवतजावत बन्द हुनु मात्रै होइन । छरछिमेकी तथा आफन्तहरु पनि सकेसम्म सामाजिक दुरि कायम गर्दै भेटघाट/भिडभाड गर्नु हुँदैन  अत्यावश्यक भेटघाटहरु भएमा सामाजिक दुरी कायमै राख्नु पर्दछ । 

- दिर्घरोग तथा शारीरिक रोक प्रतिरक्षा प्रणाली कम भएको बाहेक अन्यलाई त्यति असर गर्दैन भन्ने भएतापनि संक्रमण बाट सकेसम्म बच्नु पर्दछ । हामी र हाम्रो समाजको कमजोर मानसिकता, अपहेलित ब्यवहार, अावश्यक स्वास्थ्य पुर्वाधार नहुनुले कोरोना मात्रै नभई कोरोना संक्रमण भएको समयमा अन्य रोगले हमला गरेमा अावश्यक उपचार पाउन नसक्ने सम्भावना रहन्छ । 

- आफू पूर्णरुपमा सुरक्षित रहेमा एकाघरको सदस्य संक्रमित भएतापनि रोग सर्ने सम्भावना कम रहन्छ । त्यसैले समाजमा कोही कसैलाई संक्रमित भयो भन्दैमा दुर्ववहार गर्नु हुँदैन । सुरक्षित भने रहनु पर्दछ । 

- लकडाउन तथा सटडाउन मात्रै कोरोना रोकथामको उत्तम विकल्प होइन । जबसम्म तपाईं हामी सुरक्षित रहदैनौं स्वास्थ्य क्षेत्रमा कायापलट नै आएपनि तथा सरकारले जे जे गरेपनि संक्रमितको संख्या कम हुँन सक्दैन वा नियन्त्रण हुन सक्दैन भन्ने कुरा अन्य विकसित देशहरुको भयावह स्थितिबाट प्रस्ट हुन्छ । अझ हाम्रो देशको अवस्था त तपाईं हामीलाई थाहा नै छ, त्यसैले सुरक्षित रहौं । 

- कोरोना आफै कसैको घर-घरमा डुलेर संक्रमित बनाएको होइन । मानिसले संक्रमित व्यक्तिसँगको सम्पर्कले घर-घरमा पुर्याएको हो त्यसैले पुन: यही कुरामा जोड दिअौं । सामाजिक दुरी कायम गरौं । आफू पूर्णरूपमा सुरक्षित रहौं । आफू बचौं अरुलाई बचाअौं । 

- कोरोना सँग डराउनु पर्दैन तर सुरक्षित भने रहनु पर्दछ । 

- याद रहोस् चिडियाखानामा थुनिएको बाघ/भालु अथवा अन्य जनावरहरु बाट हामी तवसम्म सुरक्षित रहन्छौं जवसम्म तोकिएको दुरी कायम गर्दछौं अथवा त्यसलाई जिस्काउँदैनौं । दुरी कायम नगरी, आफू सुरक्षित नभई जिस्क्याउने/चिड्याउने काम गर्यौं भने त्यसले छाड्ने वाला छैन ।

पहिला कर्तव्य पालन गरौं अनिमात्र अधिकार खोजौं । 

यहाँहरुको दिन शुभ रहोस् । 

माथि केही कुरा छुटेको भएमा आफै थप्नुहोस् है.. 

- दिपक राज


Post a Comment

0 Comments