फुल्छ तर कहिले फल्दैन,
कहिले टुक्रन्छ, कहिले टुक्राईन्छ,
कहिले काटिन्छ, कहिले बाटिन्छ, यो हो मेरो शरीरको एक अंश कपाल,
मेरा रहरहरु पनि यस्तै छन्,
कपाल जस्तै,
कुनै आफै टुक्रिएर जान्छन्,.
कुनै अरुकै खुसिको लागि मै टुक्राईदिन्छु,
कहिले अौधि रङ्गीन हुन्छन्
मेहेन्दी लगाए जस्तै
अनि कहिले अति साधा हुन्छन्,
फुलेको र नफुलेको कपाल जस्तो ।
मेरी आमाले
मलाई, बच्चा छँदा
नुहाई, धुवाई गरिदिई,
तेते लगाएर च्याट्ट पारेर
राखिदिएको कपाल,
कहिले काटेँ, कहिले कोरेँ, कहिले टोपीले छोपेँ
तर,
आज बिहान जस्तै
हरेक दिन
एक-एक गर्दै टुट्दैछन् टाडिदै छन् म बाट
मेरो कपाल,
..............
फुर्सदमा लेखिएकाे एउटा स्टाटस पढ्नुभएकाेमा धन्यवाद छ ।
0 Comments