रचना – 7

दुखेकै छ मन तिम्रो याद आयो ।
बिर्सु भन्दा झन तिम्रो याद आयो ।
नपोखियोस आँखा खुबै कष्ट गरेँ ।
भएन जतन तिम्रो याद आयो ।।
बलेसि सरि आँखा चुहिदै जाँदा ।
झनै एक्लो पन तिम्रो याद आयो ।।
मुस्काईथि चाँदनि म पग्लि जाँदा ।
हेरेथें म गगन तिम्रो याद आयो ।।
असफल भयौ निभाउन यो दीप ।
भो अब नभन तिम्रो याद आयो ।।

दिपक राज

Post a Comment

0 Comments