रचना – 8

आज जे-जे देखियो, छैन हिजो जस्तो ।
समय धेरै फेरियो, छैन हिजो जस्तो ।।
काँडालाई फुल सम्झि, संगत गरि राथेँ ।
घाउ झन बल्झियो, छैन हिजो जस्तो ।।
हिजो मनमै बस्नेहरु, प्रतिपक्षमा छन् ।
कस्तो खेल रचियो, छैन हिजो जस्तो ।।
आँखा चिम्लिदा बचपन, नयाँ जस्तो लाग्छ ।
जीन्दगी आधा सकियो, छैन हिजो जस्तो ।।
कति दोस दिनु सधै, हुरी बतासलाई पनि ।
तेल सकियो, निभ्यो दियो, छैन हिजो जस्तो ।।

Post a Comment

0 Comments