साथी र समय

प्रदर्शनी मार्ग, सरकारी कागजात, निजामती कितावखाना हरिहरभवन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय टेकु, स्वास्थ्य विभाग माइतीघर र गोस्वरा हुलाका कार्यालय सुन्धारा सँग सम्वन्धित यादहरू आए । तिखा-तिखा तिरहरुले एकैपट हमला गरे । राक्षसी हाँसो हाँसे र जुरुक्क उठाएर करीव चार वर्ष पहिलाको समयको ठुलो ढुंगामा लगेर पछारे । एक पटक लाग्यो ठुलो दुर्घटना भएर म सबै कुरा बिर्षिएको थिएँ । ठुलो चोट बाट हराएको होस उस्तै प्रकृतिको छायाँ दुर्घटनाले केही हदसम्म सम्झाउने प्रयास गर्छ । अहीले एक–एक आकृतिहरु बाक्लो हुस्सुमा धेरै पर भए जस्तो धमीलो धमीलो देख्छु । मध्य रात र हल्का जूनको प्रकाशमा हिडिरहँदा धेरै टाढबाट डरलाग्दो जनावर जस्तो देख्छु । नजिक पुग्दा मानिस जस्तो देख्छु । एकदम नजिक पुग्दा मात्रै एक स्थीर ढुंगा देख्छु । जुन वर्षौ देखी उही अवस्थामा उही स्थानमा बसिरहेको छ । फरक–फरक अवस्थामा फरक फरक देखीन्छ । उनी जस्तै ठ्याक्कै । सुरुमै के हो छुट्याउन नसकिने । किनकी उ ढुंगा हो उनको मन जस्तै । यो कुरा सत्य हो म आधा जति भ्रममा छु । 

                   ****

“के गर्दै ? सन्चै ? खाना भो ? खाजा भो ? नयाँ ताजा के छ ?” – समय समयमा उहाँका फोन हरु आउँथे । कहिले म्यासेजहरु त कहिले फगत यादहरु मात्रै ।
म सबै प्रश्नहरुको ठिकठाक जवाफ दिन्थें ।

“काठमाण्डौमा के गर्नुहुन्छ ?”
“फिरन्ते हुँ, दिनभर काठमाण्डौका गल्ली चाहारीरहन्छु । ”
“केही योजना त होला ? ”
“छ । हाललाई केही नगरी बस्ने योजना छ । ”
“ही ही”
“हा हा”
“अनि?”
“यहाँ केही नगरे सायद बिदेश जान्छु । ”
“बिदेस! बिदेस किन ? ”
“बिदेस किन जान्छन्? ”
“नगए हुन्न र ? ”
“भन्न सकिन्न । ”
“नजानु के । ”
“किन?”
“सकेसम्म यही केही गर्नू । गरे सकिन्छ । बरु बसेर पढ्नु ”
“हुन्छ धन्यवाद । हाल म पढिरेकै त छु । ”
“के पढ्दै हुनुहुन्छ ? ”
“यस्तै, मोबाइलमा तपाइका म्यासेजहरु । चोक-चोकका होर्डिङ बोर्डहरु । बिज्ञापनहरु अनि पत्रिका । ”
“पत्रिका त जो कोही पढ्छन् । ”
“तर म हेडलाईन बाहेक मसिना अक्षरहरु प्राय पढ्दिन । ”
“अनि के पढ्नुहुन्छ त ? ”
“बैदोशिक रोजगारीमा अवसर भन्ने ध्यान दिएर पढ्छु । ”
“प्लिज बिदेस जाने बारे नसोच्नु न । ”

म लामो स्वास फेर्छु । उक्त म्यासेज सिन गरेर रिप्लाई नगरी छाडिदिन्छु ।
समयले पनि आफ्नो लामो यात्रा पार गर्छ ।

“फुर्सद भए यता आउनु घुम्न”
“कति दिन घुमाउन सक्नु हुन्छ ?”
“तपाइलाई जति दिन घुम्न मन लाग्छ ”
“म,  न जागीर न कुनै काम भएको मान्छे । महिनौँ घुमिदिन सक्छु । ”
“आउनु न त अनि ! ”
“के तपाइ  मलाई महिनौ घुमाउन सक्नुहुन्छ ? ”
“किन नसक्नु, म पनि महिनौ छुट्टी बसिदिन सक्छु । तपाइ आउनु मात्रै प¥यो । ”

हा हा :D :D सहित हाँसेका दुई इमोजी पठाइदिन्छु ।
प्रतिउत्तर उस्तै खालका इमोजी आउँछन् :D :D

“मेरो कागजात कहिले पठाइदिनुहुन्छ ? ”
“सायद आज, केहीबेरमा कलंकी जान्छु । ”
“यति भनेर फेसबुकमा एउटा स्टाटस टाँसिदिन्छु । ”

                                        .....
---<काठमाडौं बाट कैलालीको टिकापुर जाने केही व्यक्तित्व यता तिर हुनुहुन्छ भने भन्नुहोस त । सानो दु:ख दिनु परेको छ । :)  >---  
                                         .....
केही समय पछि सुन्धाराको गोस्वरा हुलाका कार्यालय जान्छु र उक्त फाईललाई सुरक्षित प्याकिङ्ग गरी उहाँको ठेगानामा पठाउने सम्पूर्ण प्रकृया पुरा गर्छु ।

करिब ५ दिन पछि,
“कागजात पाउनु भयो ?”
“नाई”

“७ दिन पछि, तपाइको फाइल प्राप्त गर्नु भयो ?”
“नाई”

१० दिन पछि २–३ पल्ट फोन गरें । फोन उठेन । म्यासेज पठाएँ । रिप्लाई आएन । सरकारी जागिर सम्वन्धी कागजात । यताबाट पठाउनु, लामो समयसम्म उता नपाउनु । फाइल प्राप्त गरें भनेर मैले जानकारी प्राप्त नहुँदा केही चिन्ता त केही तनाव महशुस भयो । मैले हुलाकबाट पठाएर गल्ती गरेँकी जस्तो लाग्यो । फाइल जहाँ भएपनि सुरक्षित रहोस् भगवान पनि भनें हुँला । सम्झना छैन । करिव  पन्द्रौँ दिनमा फेरी फोन गरें –  फोन उठेन । म्यासेज गरिन । फाइल पठाएको अवस्था वारे जान्न सुरुमै हुलाकमा फोन गरी जानकारी लिने निधो गरें । फोन नं.को लागि नेपाल टेलीकम सम्झिएँ ।

“१९७ हेलो नेपाल टेलिकम”
“नमस्कार, मलाई गोस्वरा हुलाक कार्यालय सुन्धाराको फोन नम्वर उपलव्ध गराईदिनुहोस्”
“गोस्वरा हुलाक कार्यालयको फोन नं. ********* ”
“धन्यवाद । ”

“हेलो गोस्वरा हुलाका कार्यालय”
“मैले निम्न मितिमा, निम्न प्रकृतिको काजगात फलानो ठाउँमा पु¥याउने भनी पठाएको थिएँ । त्यसको अवस्था जान्न सक्छु ?”
“त्यो सामान त उही दिन यहाँबाट हिडयो सर”
“त्यहाँ बाट कहाँ जान्छ ?”
“कैलाली जिल्ला हुलाक कार्यालय”

“हेलो नेपाल टेलिकम कैलाली जिल्ला हुलाक कार्यालयको सम्पर्क नं. प्लिज”
“कैलाली जिल्ला हुलाक कार्यालयको फोन नं. *********”

“हेलो कैलाली जिल्ला हुलाक कार्यालय, मैले निम्न मितिमा निम्न स्थानबाट निम्न प्रकृतिको फाइल पठाएको थिएँ । त्यसको अवस्था जान्न सक्छु ?”
“एकछिन् पर्खनुहोस् । त्यो फाइल निम्न मितिमा प्राप्त भई निम्न मितिमा यहाँबाट पठाइएको छ । ”
“त्यहाँ बाट कहाँ जान्छ ?”
“इलाका हुलाक कार्यालय टिकापुर,”
“हवस् धन्यवाद । ”

“हेलो नेपाल टेलिकम इलाका हुलाक कार्यालय टिकापुरको फोन नम्वर उपलव्ध गराउनुहुन सक्नुहुन्छ ?”
“इलाका हुलाक कार्यालय टिकापुरको फोन नं. *********”
“धन्यवाद ।”

“हेलो इलाका हुलाक कार्यलय टिकापुर”
“हजुर”
“मैले निम्न मितिमा निम्न प्रकृतिको कागजात पठाएको थिएँ । जिल्ला हुलाक कार्यलयबाट निम्न मितिमा हिडेको रहेछ, के म त्यसको अवस्था जान्न सक्छु ?”
“एकछिन सर ”
“हवस्”
“त्यो सामान यहाँ निम्न मितिमा प्राप्त भई निम्न मितिमा यहाँबाट पठाइएको छ ।”
“त्यहाँ बाट कहाँ जान्छ ?”
“यहाँबाट नारायणपुर हुलाक कार्यालय जान्छ ।”

“हेलो नेपाल टेलिकम, कैलाली जिल्लाको नारायणपुर हुलाक कार्यालयको सम्पर्क नम्वर उपलव्ध गराउनु सक्नुहुन्छ ?”
“नारायणपुर हुलाक कार्यालयको फोन नं. *********”
“धन्यवाद ।”

“हेलो नारायणपुर हुलाक कार्यालय”
“हजुर – के थियो होला ?”
“मैले निम्न मितिमा निम्न प्रकृतिको फाइल पठाएको थिएँ । त्यहाँ सम्म सम्भवत पुगेको अनुमान छ तर हिँजो सम्म सम्वन्धीत व्यक्तिले प्राप्त गरेको जानकारी दिनुभएको छैन्  । के म त्यसको अवस्था जान्न सक्छु  ?”
“एकछिन है, त्यो फाईल हामीले व्यक्ति समक्ष पु¥याई सकेका छौँ । ”
“हँ, के यो सत्य हो ?”
“हो सर, सत्य हो । ”
“धन्यवाद सर ।”

मलाई रिसको पारो चढ्यो । उक्त कागजातको लागि कति तनाव भोग्नु प¥यो मैले । सरकारी जागिरको सवाल न थियो । उहाँलाई फोन गरें । एक पटकमा फोन उठेन दोश्रो पटकमा उठ्यो ।
“मेरो अरु केही काज काम छैन सोच्नु भएको छ कि क्या हो ? सामान प्राप्त भएपछि कमसेसम जानकारी त दिनु पर्दथ्यो ।  यस्तै-यस्तै दुई-चार लाईन रिसाएँ । एक अनुच्छेद जति गाली गरें । एक पेज जति झर्किएँ । त्यसै दिन बाट हो साथित्वको जलिहरेको दियोलाई मैले (फु..) गरेको । साथिको सम्वन्ध सधै रहिरहोस् म सधै यसै चाहान्छु त्यसैले दियो निभ्न भने दिइन । दियो त आफै निभ्यो जब बिस्तारै तेल सकिँदै गयो । 
हाल म उहाँको नाम मात्रै सम्झन्छु । थर सम्झन्न । सायद उहाँ मेरो नाम पनि सम्झनुहुन्न । किनिकी हामी अलग अलग दुर्घटना बाट हाम्रो सम्झने सक्ती गुमाएका हौँ ।

पात्रोले आफ्नो जिन्दगीका नयाँ-नयाँ पेजहरु पल्ट्यायो । घडीले आफ्नो हिडाइ धेरै टाढा पु¥यायो । पृथ्वी आफ्नै गतीमा घुमिरह्यो । फूलहरु फुल्दै ओइलाउँदै झर्दै गरे । उहाँलाई आफ्नै जिम्मेवारीले बेस्सरी च्याप्यो । मलाई समयको काँटाले उछुट्याएर धेरै पारी पु¥यायो । हाल म उहाँको नाम मात्रै सम्झन्छु । थर सम्झन्न । सायद उहाँ मेरो नाम पनि सम्झनुहुन्न । किनिकी हामी अलग अलग दुर्घटना बाट हाम्रो सम्झने सक्ती गुमाएका हौँ । सम्झीरहनु पर्ने आवश्यकताको कुरा पनि होइन ।

उहाँको पुरानो मोवाईल नम्वर मेरो पुरानै सिमकार्डमा होला नहोला । नयाँ नम्वर ? थाहा छैन । फेसबुकमा साथी थियौँ, तस्वीर चैं कुनै चर्चीत नायिकाको थियो सायद । उहाँ मेरो फ्रेण्ड लिस्टमा बस्नु भएको छ अथवा उहिल्यै आफै उठेर जानुभो ! म साथीको सूची पनि जाँच गरेको छैन । एक चौतारोले केही क्षण भारी बिसाउन आउने भरीयालाई छहारी दिनु पर्छ । भारी बोकेर उसैगरी आफ्नो बाटो लाग्दा गुनासो भने गर्नु हुन्न । सायद, साथी सर्वनाममा जीवन उपसर्ग लागेपछि सामान्य स्तरका साथीहरु निफन्दै जानुपर्ने रहेछ ! जिन्दगीभर कसैसँग बाचा कसम खाएपछि टाढाका साथीहरुलाई वेवास्ता गर्दै जानुपर्ने रहेछ !  अग्नी साक्षी राखी वरपरी फेरे लिएपछि सामान्य दर्जाका साथी सम्वन्धहरुलाई आगो लगाउनु पर्ने रहेछ । जीवनमा साथी प्रत्य जोडिएपछि साथीका लिस्टहरुलाई घटाउँदै जानु पर्ने रहेछ !

अचम्मको कुरा के भने नी !
मैले उहाँलाई हालसम्म देखेको भने छैन !

------------------------------------------
माथी लेखिएकाे कथा सत्य हाे । लामाे समयकाे अन्तराल पछिकाे सम्झनामा केही कुरा घटबढ भएकाे हुनसक्छ ।  भाषागत त्रुटीहरू मिलाएर बुझिदिनुहुन अनुराेध छ । म अल्छी सिकारू हुँ । एकदिन जाँगर चलेमा पक्कै सिक्नेछु । धन्यवाद । :) 

ए! साच्चै । 
एल.बि.सर बहुत सम्झिएकाे छु, म नभेटिएकाे भए याे कथा अहिले तपाइ लेख्नुहुन्थ्याे । 
साथी पंकज धेरै सम्झेकाे छु - त्याे समय उहाँकाे कागजातमा कृते हस्ताक्षर तिमिले गरेर नै काम सम्पन्न गर्न सहयाेग गरेका थियाै ।  
साथी विनाेद र सिपि भाइ एकदम सम्झेकाे छु, किनकी त्याे समय तिमीहरू मलाइ धेरै सम्झाउँथ्याै ।
गंगाराम वेल्वासे दाइ तपाइले भन्नु हुन्थ्याे नि "काम न काजका उल्का र उत्पात लिएर न हिड त!" तपाइलाइ पनि धेरै नै सम्झिएकाे छु ।


Post a Comment

0 Comments