बेवास्ता

केही अभाव र केही बाध्यताले घेरीएको उ घरमा श्रीमती भित्र्याएको १८ महिना पछि घरमा बुढा बा-आमा र श्रीमतीकाे काखमा ६ महिनाको एक गुडिया राखिदिएर खाडी पस्छ । उ खाडी पसेको करिब ६ महिनामा श्रीमती सहर पस्छिन् । खाडी नै भए पनि कमाइ राम्रै छ । तलबले पुराना सय कडा ३ को ब्याज सावा तिर्न र श्रीमतीको दैनिक खर्चलाइ पुगेकै छ ।

आज यसै शिलसिलाको करिब ४ वर्ष ६ महिना पुग्न लागेछ । गुडिया पनि करिव पाँच वर्षको हुन लागिन् । चार वर्ष ६ महिनाको बिचमा एक पटक २ महिनाको लागि स्वदेश फर्कन्छ । ६० दिनको बसाइमा करिब ६ दिन घर बस्छ । ३ दिन ससुराली बस्छ र बाँकी दिनहरु श्रीमतीको डेरा र हाटबजार गर्दैमा सिद्याइदिन्छ । त्यत्तिकैमा जब-जब साहुले दिएको बिदाको दिनहरु सकिदैं जान्छन् तब-तब उसको खल्ती रित्तिन थाल्छ । अली-अली बैंकमा संचित रकम सकिदै जान्छ । 

खाडी पसेको पहिलो वर्ष करिब महिनामा १ पटक बा-आमालाई फोन गर्दथ्यो,
खाडी पसेको दोश्रो वर्ष करिब २ महिनामा १ पटक बा-आमालाई फोन गर्दथ्यो,
खाडी पसेको तेश्रो वर्ष चाडबाड र मेलापर्वमा मात्रै सम्झियो ।

श्रीमतीलाइ भने फोन गरिह्यो  । सातामा तीन पटक जति, । रहर लागेको लगाउ । मन लागेको खाउ । के चाहियो भन ? गुडियालाई राम्रोसँग पढाउ । खै-खै एक पटिक गुडिया सँग बोल्छु त ।

गुडियाको तोते बोली सुन्छ, गुडियाले बुझे पनि, नबुझे पनि यति कुरा त भन्न भुल्दैन । राम्रो सँग 'क-क' गर, आमाले भनेको मान, आमालाइ मायाँ गर है । काममा जानु पूर्व, कामको समयमा, छुट्टी हुना साथ गुडिया र श्रीमतीलाइ सम्झीरहन्छ । सधै सधै ।

तर, आज करिव डेड् बर्ष हुन आट्यो । उसले आफ्नै बा-आमालाई सम्झन आवश्यक नठानेको । बेवास्ता गरेको ।


____________________
-दिपक राज बन्जाडे


कुरा केही दिन अघिको हो । म मेसिनमा काम गरिरहेकाे थिएँ ।  एउटा कुराले मेरो दिमागको भित्तामा हान्न लाग्यो । कामको सिफ्ट रातीको थियो । त्यो रातैभरी म यस्तै यस्तै केही सुनेका, केही देखेका घटनाहरुले बहुत बिचलित भएँ । जुन कुराहरु छुट्टिको दिन मन लागुन्जेल पोख्नेछु सोंचेर मनलाइ केही हदसम्म थामथुम पारें । आज छुट्टिका दिन त अहँ म सकिन । म त पुरै सेलाएछु । पुरै चिस्सिएछु । कलम अघी बढ्नै सकेन ।

तै पनि यहाँसम्म आईदिनुभो पढिदिनुभो हृदयदेखी धन्यवाद ।

भाषागत कुराहरु बेवास्ता गरिदिनुहोला है । म सिक्दै छु । एकदिन अवस्य सिक्ने छु । 




Post a Comment

0 Comments