सवारी दुर्घटना, गल्ती र विकल्पको बाटो

हाम्रो  नेपालमा गाडी चालकहरुले मनोमानी तरिकाले सवारी चलाउँछन् । म पनि कैयौं पटक मुस्किलले आफ्नो ज्यान बचाएको छु । अझ चालक ज्यू हरु आफ्नै रवाफ मा भन्नुहुन्छ । “माथी जाने मन छ के हो म्या** । बाटो देख्दैनस् मु** ” उहाँ देख्नुहुन्न आफ्नो गाडीको गती, वरपरका मान्छेहरु र सवारी कुन ठाउँमा चलाइरहेको छु भन्ने कुरा । हिजोको घटनामा पनि ड्राइभरले ख्याल गर्नुपर्ने थियो । अनि जानिजानी दुर्घटना गराउने रहर कसैको पनि हुँदैन । गल्ती जसको पनि हुन सक्छ ।

हिजोको दुर्घटनामा बिद्यार्थीलाइ कुन अवस्थामा हान्यो ? बाटो काट्दा ? अथवा बाटोको किनारमा हिडिरहेको बेला ? के त्यहाँ जेब्रा क्रस बनाइएको थियो ? अथवा कुनै संकेत ? यदि थिएन भने पहिलो गल्ती सडक बिभागको हुन गयो । यदि थियो र जेब्रा क्रसिङमा तथा बाटोको किनारमा हान्या भए गल्ती ड्राइभरको भयो । यदि, अन्य बिच बाटोमा हान्या भए गल्ती मानिसकै हुने गर्छ । योकुरा त नियम कानूनमै लेखिएको छ क्यारे ।


अझ नियमले त यसो पनि भन्छ क्यारे । बिद्यालय हातामा हर्न बजाउन निषेध, साथै गाडीको गति सिमित राख्नु पर्छ । सायद त्यसो हुन गएन । फेरी गल्ती चालककै टाउकोमा आयो । बिद्यालय हाताभित्र बिषेश ख्याल गर्नुपर्ने त्यो नगर्दा ड्राइभरको गल्ती छ । आफ्नो साथीलाइ मारिदिएकोमा बिद्यार्थी उघ्र हुनु स्वभाभिक हो तर, ज्यानको बदला ज्यान लिनलाइ तोडफोड र ट्रक भित्रै मानिस राखी आगो लगाउने प्रयास गर्नु पनि गल्ती छ । त्यस्तो अवस्था देख्दा नियन्त्रण गर्न नसकेपछि झन ठुलो बिपत्ति नआओस भनेर प्रहरिले गोली चलाउनु गल्ती देखिए पनि बाध्यता छ । ज्यान उसको पनि हो जसले गोली चलाएको थियो, ज्यान उसको पनि हो जसले गाडी चलाएको थियो र ज्यान उसको पनि थियो जो गाडीले किचिएको थियो ।

दुर्घटना यसरी भएको रहेछ । बाबुले मोटरसाईकल चलाइरहेको । छोरी पछाडी बसेको , लडियालाई ओभरट्याक गर्दा छोरी अताल्लिएर मोटरसाइकलबाट हाम फालेको, दुर्घटनाबस ट्रकले हानेको, तत्काल अस्पताल लगिएको र हाल काठ्माणडौमा उपचार भैरहेको कुरा काँचुली खबरमा - कोहलपुर घटनाको रेसक्यु (डाक्टरको डायरी) शिर्षकमा प्रकाशित छ ।  

दुर्घटना जे जसरी भएको भएतापनि यो त एक उदाहरण मात्रै हो । अब तपाइ भन्न सक्नुहुन्छ । यदि त्यो बाटोमा हिड्ने तेरो मान्छे भएको भए के गर्थिस ? हो म पनि उघ्र हुन्थें हुँला स्वभाविक नै हो । तर ज्यानको बदला ज्यानै लिन्छु भन्नु र सवारी नै जलाउनु गर्नु त भएन नि । भोलीका दिनमा म त्यही बाटोहरु हिडनु छ । कहिले पैदल त कहिले सवारीमा । म जुनसुकै हुन सक्छु तर म आफू अनुशासनमा हुनु जरुरी छ । गाडी चलाउँदा होस वा पैदल हिड्दा । होइन ?

नेपालको सन्धर्वमा सामान्य घाइते बनाए पूर्ण निको नहुन्जेल औषधी उपचार र ज्यानै मारेमा पाँच लाख सम्मको जरिवाना छ क्यारे यसै कारण प्राय ड्राइभर फाइदाको बाटो रोज्छन् मलाइ यस्तो लाग्छ । किनकी पाँचलाखमा सम्पूर्ण उचपार सम्भव छैन । यस्ताखालका दुर्घटनाहरु कम गर्नको लागि कानून नै राम्रोसँग लागु गर्नु पर्छ । कानून अझ कठोर बनाउनु पर्छ । ठाउँ ठाउँमा ट्रफिक बत्ति, सि.सि. क्यामेरा, र त्यस्तै प्रकारको जरिवाना हुनु पर्छ । ज्यानै मार्ने सम्मको दुर्घटना होइन सामान्य लाहपर्वाही ड्राइभिङको पनि जरिवाना लिन सकियो भने चालकहरु आफै अनुशासनमा आउने छन् ।

नेपालमा आइ.टि. पढेका कैयौँ युवा बेरोजगार छन् । एक जनाले सयौँ क्यामेरा अपरेट गर्न सक्छन् ।  तिनिहरुलाइ परिचालन गर्न सकिन्छ । रोजगारी दिन सकिन्छ । प्रत्येक गाडीहरुको जानकारी तथा सम्पर्क नम्बरहरु यातायात विभागमा होला नै । यसरी कुन गाडी, कुन समयमा, के गल्ती गरिरहेको छ भन्ने कुराको रेकर्ड भएमा तत्काल कारवाहीको दायरामा लिन सकिन्छ । उही समयमै । कारवाही र जरिवानाको डर जसलाइ पनि हुन्छ । चालक ज्यूहरु एकैपटक त होइन यो तरिकाले अघि बढियो भने बिस्तारै अनुशासनमा चैं आउनुहुन्छ । उहाँहरुले अनुसासित ढंगले सवारी चलाएमा सवारी दुर्घटनाहरु ९०% कम हुन्छन् कि जस्तो लाग्छ मलाइ ।

अहिले म भएकै देशको कुरा गरौं न । यदि ट्राफिक लाइट राम्रो सँग पालना नगरेको खण्डमा उसले तिर्ने जरिवाना केही दिनमै उसकै घरमा आइपुग्छ । गल्ती गरेकै बेला पटक–पटक यस्तै भएमा तारिख पनि बोक्नु पर्ने र लाइसेन्स सम्म खारेज हुन सक्छ । रक्सी खाएर गाडी चलाएमा (मात्रा भन्दा धेरै) तीन महिना सम्मको लागि गाडी चलाउन पाउँदैन र लाइसेन्स पनि पूनः बनाउनु पर्छ । हाम्रा आफै केही फरक गर्न नसके पनि राम्रो कुराको देखासिकी गर्न त सक्छौँ नि ? गरौँ देखासिकी, लगाउँ नियम । गरौँ प्रविधिको सहि सदुपयोग । हामी पनि बचौँ । अरुलाइ पनि बचाउँ ।  हुन्न ?

राजनीति सोर्स र फोर्समा कानून नमिचौं । कानून सवैलाई बराबर लगाउँ ।
ए सरकार! सुन्यौ ? मैले के भने ?


दिपक राज बन्जाडे, 
हाल दक्षिण कोरिया

जानी नजानी आफ्नो बिचार प्रस्तुत गरें । ठिक गरिस भन्ने लाग्छ भने कमेन्टमै भनेपनि हुन्छ । गल्ती गरिस् भन्ने लाग्छ भने, मन लागे जति गालि गर्नुहोस । मलाइ गल्तीको महसुस नभएसम्म म सुध्रन सक्ने छैन । यहाँहरु सप्पैको दिन शुभ रहोस् ।

मन परेमा शेयर गर्न सक्नुहुने छ  । 

भाषागत त्रुटीप्रति क्षमा प्रार्थी छु । जान्ने अग्रज ज्यूहरु मिलाएर पढ्नु है । एकदिन म सुध्रने बाचा गर्दछु । 





Post a Comment

0 Comments