एक गजल, सधै सधै झैं ...

सधै सधै झैं भर्खर पनि आएर गयो । 

तिम्रा यादले मेरो मुटु हल्लाएर गयो ।। 


सम्झी रहने सिलसिला जारी रहँदा । 

घाम डुब्यो जून पनि अस्ताएर गयो ।। 


मेरै अघि देखा पर्छन् अनेकौं नमुना । 

एक युगल फेरी हात समाएर गयो ।। 


तिमी सम्झन चाहेनौ म बिर्सन सकिन । 

यसरी पनि एक साईनो हराएर गयो ।। 


जिन्दगीमा अब कसैप्रती गुनासो रहेन । 

मनकै मान्छेले औकात देखाएर गयो ।।


दिपक राज




Post a Comment

0 Comments